सलिम अन्सारी, प्युठान : जिल्लाका प्रहरी विद्यार्थीमाझ पुगेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका छन् । प्रहरीले जिल्लाका विभिन्न शिक्षण संस्थाहरूमा पुगेरै विद्यार्थीलाई सुरक्षासम्बन्धी अभियान ‘सामुदायीक बिद्यालय साझेदारी ’ कार्यक्रम सञ्चालन गरिरहेको हो ।
प्रहरी अधिकारीहरू महिला, बालबालिका तथा यौनजन्य हिंसा, साइबर अपराध, लागूऔषध, जबरजस्ती करणीसम्बन्धी अपराध ठहर्ने अवस्था र कानुनी व्यवस्थाहरू साथै त्यसबाट बच्ने सुरक्षात्मक उपायहरूका बारेमा बिध्यालमा कक्षा संचालन गर्छन। हरेक कार्यक्रममा किशोरवयका छात्रछात्रालाई सहभागी गराएर उनीहरूलाई हिंसाका कारकहरू र सावधानीका उपायहरूका बारेमा प्रहरीले सचेत गराउँदै आएको छ ।
सचेतनामूलक कार्यक्रममा देखिएको छात्रछात्राको सहभागिताले सबै प्रकारका हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्युठानका प्रहरी प्रमुख निर्मल बुढाथोकीको भनाइ छ । कतिपय अबस्थामा कानुनी व्यवस्थाका बारेमा अनभिज्ञ रहने अवस्थाले पनि हिंसालाई बल पुर्याइरहेको सन्दर्भमा यसका प्रावधानका बारेमा छात्रछात्रालाई जानकारी गराउँदा त्यसबाट सिंगो समाज नै जानकार हुने भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।
“विद्यार्थी पनि बिना बर्दिका प्रहरी हुन्,उनिहरुले परिवार,नातागोता र छरछिमेकलाई समेत सचेत बनाउन सक्छन्,उनले भने’, यसैकारण विद्यालयमा कार्यक्रम गरिएको हो ।” लागु औषध दुव्र्यसन ,माधकपदार्थ सेवन,सामाजिक संजालको दुरुपयोगले हुने असरका विषयमा विद्यार्थीलाई सचेत बनाउन बिध्यालयमा डिएसपी बुढाथोकी आफै पुगेर कक्षा चलाउदै आएका छन । उनले बुधवार प्युठानको नमुना मध्येको एक सरुमारानी गाउपालिका वडा नम्वर १ को सरस्वती माध्यमिक बिध्यालय बांगेसालमा सचेतना कक्षा संचालन गरे । उक्त सचेतनामूलक कार्यक्रममा सो बिद्यालयका शिक्षक सहित कक्षा ११ र १२ मा पढ्ने ८० जना बढी बिद्यार्थी सहभागी रहेका थिए । सचेतना कक्षा संचालन गर्दै डिएसपी बुढाथोकीले र्विद्यार्थीलाई यौनहिंसा, महिलाहिंसा, लागूऔषध, मानव बेचबिखन, साइबर क्राइम आदिबारे जानकारी दिए । कक्षामा बालबालिकालाई यौनहिंसा र बलात्कारका घटनाबाट कसरी सुरक्षित रहने भनेर पनि सिकाइएको छ ।
प्रहरीका अनुसार समाजका सबै पक्षलाई हिंसा न्यूनीकरणमा सचेत बनाउने उद्देश्यले यो अभियान चलाईएको हो । प्रहरीले जिल्लाका हरेक विद्यालयमा पुगेर अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले कामना डेलीलाई बताएको हो । जिल्लाका सबै विद्यालयमा अभियान पुर्याउने योजना रहेको प्रहरीको भनाइ छ ।
प्युठानमा प्रहरीको सचेतना कक्षा : डिएसपी आफै पुग्छन बिद्यालय
प्युठानमा प्रहरीको सचेतना कक्षा : डिएसपी आफै पुग्छन बिद्यालय
Advertisement
तपाईको प्रतिक्रिया