प्यार अलि खाँन,प्युठान। प्राधिकरणले बुधवार दिउँसो ज्यान गुमाएकी निशा भण्डारीका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमती भएको छ। हाईटेन्सन लाईनमा परी ज्यान गुमाएकी भण्डारीका आफन्त र प्राधिकरणविचको बसेको वार्तामा दस लाख क्षतीपुर्ती पीडित परिवारलाई दिने सहमती भएको हो । विहिवार जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको सर्वपक्षिय छलफल पश्चात् मृतक परिवारलाई न्यूनतम ५ लाख क्षतिपुर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने, मृतकका ३ वर्षे बालकको पालनपोषण तथा उचित शिक्षादिक्षाका लागि प्यूठान प्राधिकरणका प्रमुख तथा कर्मचारीहरुले आर्थिक सहयोग वापत ५ लाख पीडित परिवारलाई उपलब्ध गराउने सहमती भएको बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजीकरण गरेको वार्तामा पीडित परिवार, प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, उपप्रमुख शान्ता आर्चाय, वडा अध्यक्षहरु, जिल्लास्थित राजनैतिक दलका प्रमुख नेताहरुको समेत उपस्थितीमा सहमती गरिएको पीडित परिवारले बताएका छन् । पीडित परिवारले क्षतिपुर्ति पाए पश्चात् उक्त रकम नाबालक छोराको नाममा बैंकमा निश्चित् समयका लागि मुद्धती खातामा राखीदिए सुरक्षित एंव सदुपयोग हुने जनप्रतिनिधिको बुझाई छ । 
प्यूठान नगरपालिका वडा नं. ९ स्थित सिमलगैरा निवासी वर्ष २२ की भण्डारीको बाँसको घाँस काट्ने क्रममा उक्त बाँसले हाईटेन्सन लाईनमा छुँदा करेण्ट प्रवाह भई ज्यान गएको थियो । केही दिन अघि मात्र स्थानियले उक्त बाँसको रुख काट्न वा हटाउन प्राधिकरणका कर्मचारीहरुलाई आग्रह गर्दा समेत कर्मचारीहरुले वास्ता नगर्दा स्थानिय भण्डारीको अकालमा ज्यान गएको स्थानियहरु बताउँछन् ।
घटना पश्चात् प्राधिकरणको भुमिका प्रति स्थानिय जनप्रतिनिधि समेत असन्तुष्ट्र भएका थिए । विद्युत लाईनमा भएको लापरवाहीको बारेमा बारम्वार जानकारी गराउँदा समेत प्राधिकरण प्रमुखले चासो नदिँदा यस प्रकृतिको घटना घटेको जनप्रतिनिधिहरुको बुझाई छ । जिल्लामा प्राधिकरणको लापरवाहीका कारण दर्जनौँ घटना घटेका छन् र धेरैको ज्यान समेत गएको छ ।
करेण्टले निलेको निशाको परिवारलाई प्राधिकरणले १० लाख क्षतिपुर्ति दिने
करेण्टले निलेको निशाको परिवारलाई प्राधिकरणले १० लाख क्षतिपुर्ति दिने
Advertisement
तपाईको प्रतिक्रिया