काठमाडौं – खराव मौसमका कारण बिहिवार साझ दिल्ली पुगेको नेपाल वायु सेवा निगमको बिमान अचानक काठमाडौं फर्काईएको छ। काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौं फर्काईएको हो। । आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो । यो रुट एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ साँझ साढे ८ बजे काठमाडौंमै अवतरण भएको थियो । बिहीबार बेलुकी अन्य थुप्रै उडान दिल्लीमा अवतरण हुन नसकेर फर्किएको थिए ।निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किएको हो,’ उनले भने ।
यो समाचार कान्तिपुरमा छापिएको छ ।
Advertisement