बुटवल–प्रदेश ५ मा दुर्घटनाको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा भएको दुर्घटनाको तथ्याकँले सवैभन्दा धेरै मोटरसाईकल दुर्घट्नामा परेका छन। ५ नम्बर प्रदेशमा सबैभन्दा धेरै सडकको अवस्था कमजोर हुनु र चालकको लापरबाहीका कारण दुर्घटना बढिरहेको बताईन्छ। प्रदेश ५ का १२ जिल्लामा कुल ७ सय ४७ वटा सवारी दुर्घटना भएका छन्। जसबाट ३ सय १५ जना ज्यान गएको छ भने ४ सय ८२ जना घाइते भएका छन् ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवबहादुर बुढाथोकीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको हो । गत ६ महिनाको अन्तरालमा ३ सय ४५ वटा मोटरसाइकल दुर्घटना भएको हो । जीप र कार ९९ वटा दुर्घटना भएका छन् ।
यसअवधिमा ७१ वटा बस दुर्घटनामा परेका छन् भने ६० वटा ट्रक दुर्घटनामा परेका छन् । १९ वटा ट्रिपर, ८ वटा माइक्रोबस, ३३ वटा टेम्पो, साइकल ४५ र अन्य १० वटा सवारी साधन दुर्घटनामा परेको बुढाथोकीले जानकारी दिए । दाङमा सबै भन्दा बढी बस दुर्घटनाका १८ वटा घटना भएका छन् । त्यसपछि रुपन्देहीमा १२ वटा बस दुर्घटना भएका छन् । पश्चिम नवलपरासीमा ११ वटा बस दुर्घटना भएका छन् । यो अबधीमा प्युठानमा २४ वटा दुर्घटना भएका छन । विभिन्न दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ। त्यस्तै बर्दियामा मृत्यु हुनेको संख्या १७ छ भने गंभिर घाईतेको संख्या २१ छ।।
यो अवधिमा रुकुुम, रोल्पा, अर्घाखाँचीमा एउटा पनि बस दुर्घटना भएन । पहाडी जिल्लामा दुर्घटनामा न्यूनीकरण आएको तथ्याकंले देखाउँछ। सवारी दुर्घटना तथ्याङ्कलाई हेर्दा प्रदेश ५ का १२ जिल्लामध्ये सबैभन्दा बढि सवारी दुर्घटना हुने जिल्ला रुपन्देही , नवलपरासी, कपिलवस्तु , दाङ र पाल्पा रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यी जिल्लालाई दुर्घट्नाको डेन्जर जोन क्षेत्र भनेको छ । अनुमानित आर्थिक क्षति २ करोड ७४ लाख २८ हजार भएको छ ।