बर्दिया। बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ। जिल्लाको बढैयाताल गाउँपालिका–२ मा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको ज्यान गएको हो ।भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा उनको ज्यान गएको खबर छ।
बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । शाहीलाई बाघले आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो। बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाईते दुईजनालाई नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो । गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । नहर छेउ नजिकै रहरबारीमा रहेको पाटेबाघले स्थानीय चन्द्रबहादुर शाहीलाई आक्रमण गरेको हो । सो क्षेत्रमा सुरक्षाका लागि इलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो ।
बर्दियामा पाटेबाघले लियो ज्यान,एक जना घाईते
बर्दियामा पाटेबाघले लियो ज्यान,एक जना घाईते

Advertisement
तपाईको प्रतिक्रिया