• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा जोखिम मोलेरै घरमा बच्चा जन्माउन बाध्य भइन् उनी । ढोलेकी अर्की महिला जानकी बोहराले पनि घरमै बच्चा जन्माइन् । कारण सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नै थिएनन् । बजारका स्वास्थ्यचौकीमा कर्मचारी त छन्, तर रातको समयमा ब्यथा लाग्दा बजार पुग्न पनि सम्भव छैन ।

    Advertisement

    सुर्नया गाउँपालिका–८ ढोले र दोराका स्थानीयबासिन्दालाई लक्षित गरी वडा कार्यालयले ५ लाख खर्च गरेर सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण त गर्यो । तर कर्मचारी नै भएनन् । कर्मचारीको अभावका कारण कार्यालय सञ्चालन गर्नै नसकिएको बताउँछन् शिखरपुर स्वास्थ्य चौकीका ईन्चार्ज बीरबहादुर बोहरा ।

    ‘स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार अनमी छैनन् । सामुदायिक स्वास्थ्य इकाइका लागि करारमा समेत कर्मचारी राखिएको छैन । भवन त बनाइयो तर कर्मचारी नहुँदा सेवा दिन सकिएको छैन,’ बीरबहादुर भन्छन् ।

    ’दुर्गमको सामुदायिक स्वास्थ्य इकाइमा मात्रै नभएर सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि अढाई महिनायता नर्स विहिन छ । अस्पतालमा कार्यरत स्टाफ नर्समध्ये कोही अध्ययन बिदा र कसैको सरुवा भएपछि अस्पतालमा सेवाग्राहीलाई सेवा दिन स्टाफ नर्स नै छैनन् ।

    जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीशचन्द्र बिष्टका अनुसार जटील खालको प्रसूति सेवा दिन स्टाफ नर्स नै चाहिन्छ । तर ६ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एकजना पनि नर्स छैन ।

    डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा पनि मेसु सहित २० जना डाक्टरको दरबन्दी रहेकोमा एक जना पनि कार्यरत छैनन् । उपक्षेत्रीय अस्पतालमा नवौं र दशौं तहका १९ जना र एकजना मेसुको दरबन्दी खाली रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    उपक्षेत्रीय अस्पतालमा अधिकृत स्तरको एकजना ल्याब टेक्निसियन, फिजियो सहायक र १८ जना स्टाफ नर्सको दरबन्दीमा १२ जनाको दरबन्दी त खाली नै रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

    अझै बिजोग त महाकाली अञ्चल अस्पतालको छ । महाकाली अञ्चल अस्पतालमा १५ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रिक्त नै छ भने ६ जना मेडिकल अधिकृतको दरबन्दी खाली छ ।

    सेती अञ्चल अस्पतालमा १३ चिकित्सकको दरबन्दी खाली छ । सेतीमा मेडिकल ल्याब टेक्नोलोजिस्ट, २ जना नर्सिङ अधिकृत सहितको दरबन्दी समेत खाली छ । टीकापुर अस्पतालमा पनि १३ जना चिकित्सकको दरबन्दी रिक्त रहेको छ भने फार्मेसी निरीक्षक, खरिदार सहितको दरबन्दी खाली छ ।

    अछाम जिल्ला अस्पतालमा मेसु सहित ५ जना, बझाङमा मेसु, बाजुरामा मेसु सहित ५ जना, दार्चुलामा मेसु सहित ४ जना, गोकुलेश्वर अस्पतालमा मेसु सहित ५ जना चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको सुदूरपश्चि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    मन्त्रालयको पत्र नै हरायो
    एकातिर अञ्चल र जिल्ला अस्पतालमा दरबन्दीमा चिकित्सक, नर्सिङ स्टाफको दरबन्दी खाली भएका बेला संघीय सरकारले डेढ महिनाअघि नै करारमा भर्ना गर्ने अधिकार सहित प्रदेश सरकारलाई पठाएको पत्र नै गायव भएको छ ।

    यी रिक्त दरबन्दीमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पुस महिनाको ३ गते पठाएको पत्र हराएको हो ।

    २०७५ सालको पुष ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई स्वास्थ्य सेवा ऐन २०५३ र निममावली २०५५ को अधिनमा रही काज सरुवा गर्ने, लोकसेवाबाट आएका कर्मचारीलाई पदस्थापन गर्ने र चौथो तहदेखि आठौं तहसम्मका रिक्त दरबन्दीमा करार नियुक्तिको अधिकार दिएको छ । मन्त्रालयले पठाएको पत्र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाइएको छ भने सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयहरुलाई बोधार्थ पठाइएको छ । अन्नपूर्णपोष्टबाट

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation