• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ५. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ६. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ७. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ८. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ९. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • १०. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

सुदूरमा स्वास्थ्य समस्या : दरबन्दी छ डाक्टर छैनन्


  •   शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
  • काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा जोखिम मोलेरै घरमा बच्चा जन्माउन बाध्य भइन् उनी । ढोलेकी अर्की महिला जानकी बोहराले पनि घरमै बच्चा जन्माइन् । कारण सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नै थिएनन् । बजारका स्वास्थ्यचौकीमा कर्मचारी त छन्, तर रातको समयमा ब्यथा लाग्दा बजार पुग्न पनि सम्भव छैन ।

    Advertisement

    सुर्नया गाउँपालिका–८ ढोले र दोराका स्थानीयबासिन्दालाई लक्षित गरी वडा कार्यालयले ५ लाख खर्च गरेर सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण त गर्यो । तर कर्मचारी नै भएनन् । कर्मचारीको अभावका कारण कार्यालय सञ्चालन गर्नै नसकिएको बताउँछन् शिखरपुर स्वास्थ्य चौकीका ईन्चार्ज बीरबहादुर बोहरा ।

    ‘स्वास्थ्यचौकीमा पनि दरबन्दी अनुसार अनमी छैनन् । सामुदायिक स्वास्थ्य इकाइका लागि करारमा समेत कर्मचारी राखिएको छैन । भवन त बनाइयो तर कर्मचारी नहुँदा सेवा दिन सकिएको छैन,’ बीरबहादुर भन्छन् ।

    ’दुर्गमको सामुदायिक स्वास्थ्य इकाइमा मात्रै नभएर सदरमुकाममै रहेको जिल्ला अस्पताल पनि अढाई महिनायता नर्स विहिन छ । अस्पतालमा कार्यरत स्टाफ नर्समध्ये कोही अध्ययन बिदा र कसैको सरुवा भएपछि अस्पतालमा सेवाग्राहीलाई सेवा दिन स्टाफ नर्स नै छैनन् ।

    जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीशचन्द्र बिष्टका अनुसार जटील खालको प्रसूति सेवा दिन स्टाफ नर्स नै चाहिन्छ । तर ६ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा अहिले एकजना पनि नर्स छैन ।

    डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा पनि मेसु सहित २० जना डाक्टरको दरबन्दी रहेकोमा एक जना पनि कार्यरत छैनन् । उपक्षेत्रीय अस्पतालमा नवौं र दशौं तहका १९ जना र एकजना मेसुको दरबन्दी खाली रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    उपक्षेत्रीय अस्पतालमा अधिकृत स्तरको एकजना ल्याब टेक्निसियन, फिजियो सहायक र १८ जना स्टाफ नर्सको दरबन्दीमा १२ जनाको दरबन्दी त खाली नै रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

    अझै बिजोग त महाकाली अञ्चल अस्पतालको छ । महाकाली अञ्चल अस्पतालमा १५ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रिक्त नै छ भने ६ जना मेडिकल अधिकृतको दरबन्दी खाली छ ।

    सेती अञ्चल अस्पतालमा १३ चिकित्सकको दरबन्दी खाली छ । सेतीमा मेडिकल ल्याब टेक्नोलोजिस्ट, २ जना नर्सिङ अधिकृत सहितको दरबन्दी समेत खाली छ । टीकापुर अस्पतालमा पनि १३ जना चिकित्सकको दरबन्दी रिक्त रहेको छ भने फार्मेसी निरीक्षक, खरिदार सहितको दरबन्दी खाली छ ।

    अछाम जिल्ला अस्पतालमा मेसु सहित ५ जना, बझाङमा मेसु, बाजुरामा मेसु सहित ५ जना, दार्चुलामा मेसु सहित ४ जना, गोकुलेश्वर अस्पतालमा मेसु सहित ५ जना चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको सुदूरपश्चि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    मन्त्रालयको पत्र नै हरायो
    एकातिर अञ्चल र जिल्ला अस्पतालमा दरबन्दीमा चिकित्सक, नर्सिङ स्टाफको दरबन्दी खाली भएका बेला संघीय सरकारले डेढ महिनाअघि नै करारमा भर्ना गर्ने अधिकार सहित प्रदेश सरकारलाई पठाएको पत्र नै गायव भएको छ ।

    यी रिक्त दरबन्दीमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पुस महिनाको ३ गते पठाएको पत्र हराएको हो ।

    २०७५ सालको पुष ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई स्वास्थ्य सेवा ऐन २०५३ र निममावली २०५५ को अधिनमा रही काज सरुवा गर्ने, लोकसेवाबाट आएका कर्मचारीलाई पदस्थापन गर्ने र चौथो तहदेखि आठौं तहसम्मका रिक्त दरबन्दीमा करार नियुक्तिको अधिकार दिएको छ । मन्त्रालयले पठाएको पत्र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाइएको छ भने सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयहरुलाई बोधार्थ पठाइएको छ । अन्नपूर्णपोष्टबाट

    शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ६.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    भर्खरै

    • १.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • २.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ३.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ६.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ७.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ८.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation