• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

लोकप्रिय समाचार

  • १. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ४. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ५. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ६. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ७. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ८. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ९. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • १०. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

सुर्खेत मन पराएका राजा वीरेन्द्रको त्यो शालिक


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सुर्खेत – शरीरमा सेतो कोट, सेतै दौरा र सुरुवाल। तस्बिर खिचाउन लागेजस्तो दुवै हात पेटमा राखेर मुस्कानसहित चोकमा उभिएका ती व्यक्ति करिब १२ वर्षदेखि एक सरकारी कार्यालयको कम्पाउन्डमा पल्टिएका छन्।

    Advertisement

    हामी कुरा गर्दैछौं, राजा वीरेन्द्रको शालिकको।

    वीरेन्द्रनगर नगरपालिकाको कम्पाउन्डभित्र दमकल पार्किङ गर्न बनाइएको ठाउँमा दमकलसँगै एउटा टिपर पनि छ। त्यहीँ बेवारिसे मिल्किएको शालिकको टाउको र खुट्टा छैन। बीचको भाग मात्र छ।

    २०६२/६३ को जनआन्दोलन बेला वीरेन्द्रचोकमा राखिएको यो शालिक तोडफोड भयो। बचेको बीचको भाग नगरपालिकामा ल्याएर राखिएको हो।

    तस्बिर: वीरेन्द्रनगर नगरपालिकाको कम्पाउन्डभित्र राजा वीरेन्द्रको शालिकको बाँकी भाग।
    – पुनर्निर्माणका लागि भन्दै नगरपालिकाले भत्काएको सुर्खेतको वीरेन्द्रचोक।
    – दिपकजंग शाही (सेतोपाटी)

    वीरेन्द्रनगर तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो। संघीयतापछि कर्णाली प्रदेशको प्रदेश राजधानी छ। सुर्खेतको वीरेन्द्रनगरलाई आजको अवस्थासम्म ल्याउन राजा वीरेन्द्रको योगदान रहेको भन्दै उनको शालिक पुनर्स्थापनाबारे यहाँ बहस सुरु भएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीका अनुसार सुर्खेतमा नगर विकास समितिको अवधारणा ल्याउने राजा वीरेन्द्र थिए।

    उनी २०२३ सालमा पहिलोपटक सुर्खेत आएका थिए। त्यसबेला सुर्खेत उपत्यका मन परेर २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई साथमा ल्याएर उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए। वीरेन्द्रले मन पराएको ठाउँ भएकैले तत्कालीन कटकुवा नगर पञ्चायतलाई वीरेन्द्रनगर पञ्चायत नामाकरण गरिएको गिरी बताउँछन्।

    यसैको सम्झनास्वरुप सहरको मुख्य चोकमा स्थापना गरिएको वीरेन्द्रको शालिक बेवारिसे फालिनु दुखद भएको उनको भनाइ छ।

    यो शालिक २०४४ सालमा अनावरण गरिएको हो। अनावरण बेला राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै सुर्खेत आएका थिए। भारतको जयपुरबाट शालिक निर्माण गरी ल्याइएको थियो।

    ‘भारत स्वतन्त्र हुनुअघि बेलायतीहरूको सम्राज्य थियो, त्यतिबेला बेलायती शासकहरूको शालिक अहिले पनि भारतमा देख्न पाइन्छ,’ उनले भने, ‘भारतीय सरकार वा जनताले इतिहासका रूपमा ती शालिक जोगाएर राखेका छन्। त्यही इतिहास विश्वका लागि आकर्षण केन्द्र बनेको छ।’

    नेपालमा भने पुरानो शालिक भत्काएर इतिहास मेट्ने प्रयत्न भएको उनले बताए।

    राजाको शालिक रहेको ठाउँमा पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने योजना ल्याउँदै वीरेन्द्रनगर नगरपालिकाले गत जेठमा यहाँ डोजर चलाएको थियो। तर, वीरेन्द्रको शालिक राख्नेबारे विवाद हुँदा पुनर्निर्माण अलपत्र अवस्थामा छ।

    वीरेन्द्रचोकमा वीरेन्द्रकै शालिक राख्न राप्रपा लगायत नागरिक समाजले दबाब दिइरहेका छन्।

    ‘या त वीरेन्द्रनगर नै नभनेर अरू कुनै नाम राखे हुन्थ्यो। राजा वीरेन्द्रको नाम स्वीकार्ने हो भने उनको शालिक राख्न किन अप्ठ्यारो?’ राप्रपा केन्द्रीय सदस्य गिरीले भने।

    वीरेन्द्रनगर नगरपालिकाले भने स्थानीयको विरोधका कारण नयाँ संरचना निर्माण रोकिएको जनाएको छ। नगरपालिकाले उक्त योजनाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो।

    वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले कार्यपालिकाको बैठकबाट निर्णय नभएसम्म काम गर्न नसकिने बताएका छन्। त्यसका लागि नगर कार्यपालिकाको निर्णय पर्खिएको उनले बताए।

    नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने वीरेन्द्रको शालिक राख्नेबारे नीतिगत निर्णय गर्न नसकिने बताएका छन्।

    चोक भत्काउँदा भएको विरोधका कारण पुनर्निर्माण रोकिएकाले नगर कार्यपालिकाको अबको हिउँदे अधिवेशनमा यो विषयमा छलफल चल्ने सुवेदीले बताए।

     

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ५.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    भर्खरै

    • १.
      मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

    • २.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ३.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ४.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ५.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ७.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ८.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...