• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

सुर्खेत मन पराएका राजा वीरेन्द्रको त्यो शालिक


  •   बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
  • सुर्खेत – शरीरमा सेतो कोट, सेतै दौरा र सुरुवाल। तस्बिर खिचाउन लागेजस्तो दुवै हात पेटमा राखेर मुस्कानसहित चोकमा उभिएका ती व्यक्ति करिब १२ वर्षदेखि एक सरकारी कार्यालयको कम्पाउन्डमा पल्टिएका छन्।

    Advertisement

    हामी कुरा गर्दैछौं, राजा वीरेन्द्रको शालिकको।

    वीरेन्द्रनगर नगरपालिकाको कम्पाउन्डभित्र दमकल पार्किङ गर्न बनाइएको ठाउँमा दमकलसँगै एउटा टिपर पनि छ। त्यहीँ बेवारिसे मिल्किएको शालिकको टाउको र खुट्टा छैन। बीचको भाग मात्र छ।

    २०६२/६३ को जनआन्दोलन बेला वीरेन्द्रचोकमा राखिएको यो शालिक तोडफोड भयो। बचेको बीचको भाग नगरपालिकामा ल्याएर राखिएको हो।

    तस्बिर: वीरेन्द्रनगर नगरपालिकाको कम्पाउन्डभित्र राजा वीरेन्द्रको शालिकको बाँकी भाग।
    – पुनर्निर्माणका लागि भन्दै नगरपालिकाले भत्काएको सुर्खेतको वीरेन्द्रचोक।
    – दिपकजंग शाही (सेतोपाटी)

    वीरेन्द्रनगर तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो। संघीयतापछि कर्णाली प्रदेशको प्रदेश राजधानी छ। सुर्खेतको वीरेन्द्रनगरलाई आजको अवस्थासम्म ल्याउन राजा वीरेन्द्रको योगदान रहेको भन्दै उनको शालिक पुनर्स्थापनाबारे यहाँ बहस सुरु भएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीका अनुसार सुर्खेतमा नगर विकास समितिको अवधारणा ल्याउने राजा वीरेन्द्र थिए।

    उनी २०२३ सालमा पहिलोपटक सुर्खेत आएका थिए। त्यसबेला सुर्खेत उपत्यका मन परेर २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई साथमा ल्याएर उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए। वीरेन्द्रले मन पराएको ठाउँ भएकैले तत्कालीन कटकुवा नगर पञ्चायतलाई वीरेन्द्रनगर पञ्चायत नामाकरण गरिएको गिरी बताउँछन्।

    यसैको सम्झनास्वरुप सहरको मुख्य चोकमा स्थापना गरिएको वीरेन्द्रको शालिक बेवारिसे फालिनु दुखद भएको उनको भनाइ छ।

    यो शालिक २०४४ सालमा अनावरण गरिएको हो। अनावरण बेला राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै सुर्खेत आएका थिए। भारतको जयपुरबाट शालिक निर्माण गरी ल्याइएको थियो।

    ‘भारत स्वतन्त्र हुनुअघि बेलायतीहरूको सम्राज्य थियो, त्यतिबेला बेलायती शासकहरूको शालिक अहिले पनि भारतमा देख्न पाइन्छ,’ उनले भने, ‘भारतीय सरकार वा जनताले इतिहासका रूपमा ती शालिक जोगाएर राखेका छन्। त्यही इतिहास विश्वका लागि आकर्षण केन्द्र बनेको छ।’

    नेपालमा भने पुरानो शालिक भत्काएर इतिहास मेट्ने प्रयत्न भएको उनले बताए।

    राजाको शालिक रहेको ठाउँमा पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने योजना ल्याउँदै वीरेन्द्रनगर नगरपालिकाले गत जेठमा यहाँ डोजर चलाएको थियो। तर, वीरेन्द्रको शालिक राख्नेबारे विवाद हुँदा पुनर्निर्माण अलपत्र अवस्थामा छ।

    वीरेन्द्रचोकमा वीरेन्द्रकै शालिक राख्न राप्रपा लगायत नागरिक समाजले दबाब दिइरहेका छन्।

    ‘या त वीरेन्द्रनगर नै नभनेर अरू कुनै नाम राखे हुन्थ्यो। राजा वीरेन्द्रको नाम स्वीकार्ने हो भने उनको शालिक राख्न किन अप्ठ्यारो?’ राप्रपा केन्द्रीय सदस्य गिरीले भने।

    वीरेन्द्रनगर नगरपालिकाले भने स्थानीयको विरोधका कारण नयाँ संरचना निर्माण रोकिएको जनाएको छ। नगरपालिकाले उक्त योजनाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो।

    वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले कार्यपालिकाको बैठकबाट निर्णय नभएसम्म काम गर्न नसकिने बताएका छन्। त्यसका लागि नगर कार्यपालिकाको निर्णय पर्खिएको उनले बताए।

    नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने वीरेन्द्रको शालिक राख्नेबारे नीतिगत निर्णय गर्न नसकिने बताएका छन्।

    चोक भत्काउँदा भएको विरोधका कारण पुनर्निर्माण रोकिएकाले नगर कार्यपालिकाको अबको हिउँदे अधिवेशनमा यो विषयमा छलफल चल्ने सुवेदीले बताए।

     

    बिहिबार, माघ १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...