महेन्द्र सिंह,बाँके।
सेवाग्राहीबाट घुस लिदालिदै जिल्ला मालपोत कार्यालय बाँकेका एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् । अख्तीयारको टोलिले ५० हजार घुस रकम सहित भुमि सुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जय ठाकुरलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग जग्गा रजिष्ट्रेसन पास गराएबापत ५० हजार घुस मागेको सुचनाका आधारमा अख्तियारको टोलीले कार्यालयमा छापा मारेको थियो । छापा मार्नेक्रममा ठाकुरलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । अख्तियार नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार ठाकुरले सेवाग्राहीसँग जग्गा रजिस्ट्रेसन पास गर्दा राजश्व रकम धेरै लाग्ने र आफुलाई घुस दिए थोरै रकममा काम गराईदिने प्रलोभन दिई उक्त घुस रकम लिएका थिए । सेवाग्राहीसँग ठाकुरले शुरुमा १ लाख १७ हजार माग गरेका र पछि ५० हजारमा कुरो मिलेको स्रोतले जनाएको छ ।