सागर रिजाल,प्युठान
झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीको कार्यकक्ष ७ दिनपछि खुलेको छ । गत पुष ३० गते झिमरुक गाउँपालिका वार्ड नं ८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा तोकिनुको सट्टा गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको थियो । आईतबार विहान १० बजे गाउँपालिकाको समुहले ताला आफै खोलेको छ । बिग्रीएको ताल्चा झुण्डाएर गाउँपालिकाको कामकाजलाई अवरोध पु¥याएको र आन्दोलनकारीहरु ४ दिन सम्म गाउँपालिकामा नआएकाले ताल्चा आफै खोलेको गाउँपालिकाका निमिक्त प्रशासकिय अधिकृत निमप्रसाद भण्डारीले बताउनुभयो ।
६ दिन सम्म सेवाग्राहीलाई मर्का परेको भन्दै आईतबार ताला खोलिएको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउँपालिकाको कार्यकक्षमा ताला लगाईदिएपनि कामकाज भने रोकिएको थिएन् ।’ उहाँले कानुनी रुपमा लोकतान्त्रिक विधिद्धारा चयन गरिएको झिमरुक गाउँपालिका वडा नंम्बर ८ को वडा कार्यालय फुलबारी रातामाटाबाट अनेत्र नसर्ने समेत दाबी गरेका छन् । प्रदेश देखि स्थानियतहसम्म केन्द्र विवादमा पर्दा पनि लोकतान्त्रिक विधिद्धारा चयन गरिएको स्थान सर्वमान्य भएकाले गाउँपालिकाको पनि यसै विधिद्धारा झिमरुक गाउँपालिका ५ भ्यागुतेलाई छनोट गरिएको थियो ।त्यसैले ८ वडाको पनि त्यही स्थान छनोट गरिएको हो ।
लिवाङका जनताहरुले वडा कार्यालय पायक नपरेको भन्दै आन्दोलित भएका थिए । गत विहिवार करिब दुई सय जना भन्दा धेरै जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइदैन, जनताको मौलिक हकको कार्यान्वयन गर जस्ता नारावाजी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष सामु ज्ञापन पत्र बुझाई सोही जनता जिल्ला प्रसाशन कार्यलय र जिल्ला समन्वय कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्र बुझाएपछि आन्दोलनकारीहरु गाउँपालिकामा सम्पर्कमा नआएपछि आईतबार ताला खोलिएको गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो ।
खुल्यो झिमरुकको ताला ।
खुल्यो झिमरुकको ताला ।

Advertisement
तपाईको प्रतिक्रिया