• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

दुबईमा डेढ सय नेपाली अलपत्र, भारतीय दूताबासको खानाले भोक मेट्दै


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौ । रोजगारीका लागि युएई (दुवई) पुगेका डेढ सय नेपाली कामदार अलपत्र परेका छन् ।

    युएईको राजधानी आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत झण्डै सात सय कामदार अलपत्र परेका छन् । जसमा नेपालीको संख्या डेढ सय हाराहारी रहेको जनाइएको छ ।

    कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीे व्यवस्थापकको लापर्बाहीका कारण उनीहरु अलपत्र परेका हुन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झण्डै ७ सय जना कामदार अलपत्र परेका हुन् ।

    राजधानी आबुधाबीदेखि झण्डै २८ किलोमिटर दूरीको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु रहेको जनाइएको छ । अलपत्र परेकामध्ये कञ्चनपुरका गणेशसिंह महराले साथीभाइको सहारामा आफूहरु बाँचिरहेको बताउँदै भने, ‘एउटा कोठामा २१ जनासम्म बसेका छौं, कोचिएर बस्नु पर्दा साथीहरु बिरामी पर्न थालेका छन् ।

    कम्पनीमा १८ महिनादेखि झण्डै ५ वर्षसम्म काम गरेका साथीहरु रहेको उनले जानकारी दिएका छन् । अलपत्र परेका अधिकांश कामदारले नौं महिनादेखि तलव समेत नपाएको उनले बताए । तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसे बापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।

    कम्पनीले काम गरे वापत सेवा सुविधा नदिएपछि कामदार अलपत्र परेकोबारे यूएईमा रहेका भारतीय सञ्चार माध्यममार्फत खबर बाहिरिएपछि भारतीय दूतावासले चासो देखाउँदै कामदारलाई क्याम्पमै पुगेर भेटेको जनाइएको छ । भारतीय दूतावास र भारतीय संघसँस्थाले अलपत्र कामदारलाई दैनिक खाना उपलब्ध गराउँदै आएको नवलपरासी अरुणखोलाका युवराज खडालुकले जानकारी दिएका छन् ।

    यता युएईका लागि कार्यवाहक राजदूुत सागरप्रसाद फुयाँलले नेपाली युवाको समस्याबारे आफूहरु गम्भिर रहेको बताएका छन् । दूतावासले बुधबार नै कम्पनी व्यवस्थापनसँग छलफल गरेको, तर सकारात्मक जवाफ नआएकोले कुटनैतिक प्रयास थालिएको राजदुत फुयाँलले बताएका छन् ।

    बुधबार दिउँसो दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम सम्बन्धित कम्पनी पुगेर छलफल गरेको दूतावासले जनाएको छ । बुधबार नै दूतावासले समस्याबारे जानकारी गराउँदै सरकारलाई पत्र पठाएको छ ।

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation