• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ३. मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

  • ६. गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

  • ७. गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

  • ८. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

एघार बर्षपछी बाबुछोरीको भेट,गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  • काठमाडौँ।
    आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।
    आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी लोक तथा दोहोरी गायिका विष्णु माझी । उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै ट्याक्सीमा आएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन मानेनन् ।
    दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी। कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।
    विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।’ कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

    Advertisement

    विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

    गायिका विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारी (बायाँ) र विष्णु। स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा।तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

    त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’
    विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। ‘कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने।

    प्रहरीद्वारा गायिका माझीबारे चासो
    विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए। छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन्। दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए।
    विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए। अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले कान्तिपुरलाई बताए। राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो। सुन्दरमणिले ‘आफ्नो इच्छा’ हो भन्दै चर्को स्वरमा जवाफ दिए। छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे।
    एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए। विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन्। कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे।
    बाबु–छोरीबीच ११ वर्षपछि भेट

    सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ। बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए।
    आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ। प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको हो। प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन्। छुट्टै कुरा गर्न पनि पाएनन्। विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन्। आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन्। साभार:कान्तिपुर दैनिकबाट 

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ३.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ६.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    भर्खरै

    • १.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • २.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ३.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ४.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ५.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ६.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    • ७.
      गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

    • ८.
      मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...