बुटवल–दृष्टिविहीन मैत्री शिक्षा प्रणाली आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
नेत्रहीन युवा संघ नेपाल केन्द्रीय समितिले सोमबार बुटवलमा आयोजना गरिएको प्रदेश स्तयरिय दृष्टिविहिन मैत्री शिक्षा प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५, सामाजिक विकास मन्त्री सुर्दशन बरालले दृष्टिविहिनहरुको क्षमता अभिवृद्धि लगायतका विभिन्न क्रियाकलापको लागि प्रदेश सरकार जहिले पनि सकारत्मक भएको बताएका थिए ।उनले छिट्टै नै प्रदेशलाई अपाङ्गता मैत्री प्रदेश घोषणाको लागि विभिन्न क्रियाकलपा अगाडी बढाएको समेत बताए ।
Advertisement