• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ४. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ९. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • १०. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

माटोबिनै फल्छ तरकारी !


  •   शनिबार, पुष १४, २०७५ मा प्रकाशित
  • काठमाडौं । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत। जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ।

    Advertisement

    रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन्। उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन्। आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन्। यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन्। माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ।

    पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। त्यहाँ उनले १० वर्ष बिताए। होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए। त्यहीं उनले माटोविहीन तरकारी खेती देखे।

    नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे। यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ। जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ। सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ। जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो। गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पु¥याइन्छ। पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ।

    यसरी खेती गर्न ग्रिन हाउस चाहिन्छ। विषादी पनि हालिँदैन। ‘बाहिरको हावापानी आवश्यक हँुदैन। गर्मी भए सेडभित्र जडित पंखा आफैं चल्छ, चिसो भए बन्द हुन्छ’, पौडेलले भने। यो तरिकाबाट फलेको तरकारीको आकार भने माटोमा उत्पादन भएजस्तो ठूलो हुँदैन। अढाई सय ग्रामसम्मको फल उत्पादन हुन्छ। श्रमशक्ति कम हुने भएकाले व्यावसायिक खेतीका लागि यो प्रविधि उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत रामबहादुर खत्री बताउँछन्। कम जग्गामा पनि हाइड्रोपोलिक प्रविधिबाट तरकारी खेती गर्न सकिने उनले बताए। ‘यो प्रविधि गर्मी बढी र माटो कम हुने क्षेत्रमा उपयुक्त हुन्छ’, उनले भने, ‘विषादीको प्रयोग नै नहुने भएकाले स्वस्थकर पनि छ।’

    पौडेलले यो प्रविधिको फर्ममा एक करोड लगानी गरेका छन्। साझेदारीमा सुरु भएको फर्मले पहिलो सिजनको उत्पादन दिइसकेको छ। एक बिघा क्षेत्रफलमा खेती गरिएको छ। काँक्रो, गोलभेडा, करेला, साग लगायतका तरकारी फलाइयो। उनले उत्पादन ठूला होटलमा बिक्री गर्ने योजना बनाएका छन्।

    सलादका रूपमा यी उपज बढी बिक्री हुने उनको विश्वास छ। बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन्। अन्नपूर्णपोष्टबाट

    शनिबार, पुष १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ४.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • २.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ३.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ४.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ७.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ८.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation