• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नेकपा स्थायी कमिटी बैठक, बचाउ र विरोधमै केन्द्रित


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बिहीबारको बैठकमा नेताहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

    Advertisement

    अध्यक्षद्वय ओली र दाहाल निकटका नेताले पार्टी नेतृत्व र सरकारको बचाउ गरेका छन् भने संस्थापनइतर पक्षका नेताले विरोध गरेका छन् । पार्टी नेतृत्व र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै संस्थापनइतर पक्षका नेताले चर्काे विरोध गरेका छन् ।

    केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा घनीभूत छलफल भइरहेको छ । छलफलका क्रममा अधिकांश सदस्यले सरकार तथा पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
    स्थायी कमिटी सदस्य किरण गुरुङले नेतृत्वको गलत कार्यशैलीकै कारण पार्टी एकता र सरकारको गति शून्य बन्न पुगेको बताए । विधि, विधान एवं मापदण्ड मिचेर नेतृत्वले काम गर्न थालेपछि सरकार र पार्टीको काम अव्यवस्थित हुन पुगेको उनले बताए ।

    पार्टी एकीकरण भएको लामो समय बिते पनि एकीकरण प्रक्रिया टुंगो लाग्न नसक्नुका पछि नेतृत्वको गलत कार्यशैली रहेको गुरुङको भनाइ थियो । जनताले कम्युनिस्ट पार्टीलाई दुई तिहाइ मत दिए पनि पार्टीले त्यसलाई सही तरिकाले जनताको पक्षमा सदुपयोग गर्न नसकेको उनले बताए ।
    ‘जनताले हामीलाई दुई तिहाइ दिएका छन्, यो हामीले घमण्ड गर्ने विषय होइन,’ गुरुङले भने, ‘दुई तिहाइ भनेको मनपरी गर्न पाइने छुट पनि होइन, दुई तिहाइ चुनौती हो, सामना गरेर जानुपर्छ ।’
    स्थायी कमिटीका सदस्य एवं वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारको बचाउ गर्दै पार्टी पंक्तिबाट सरकारलाई सहयोग नभएको बताए ।

    ‘यो नौ महिनामा मातृका यादव पनि भ्रष्टाचारी हो भन्ने सन्देश गएको छ, यो मेरो जीवनमै पहिलोपटक भएको छ,’ यादवको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘अहिले सरकारले केही गरेको छैन जस्तो भएको छ, हुन त सरकार दुई तिहाइको हो तर सबैलाई २५ जना मन्त्रीको हो भन्ने मात्रै लागेको छ ।’

    अर्का स्थायी कमिटी सदस्य एवं कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले पनि सरकारको बचाउ गरेका थिए । उनले सरकारले राम्रो काम गर्दासमेत त्यसको उच्चारण नहुने गरेको भन्दै दुःख व्यक्त गरे ।

    अर्का सदस्य एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि बैठकमा सरकारको बचाउ गरेका छन् । उनले संक्रमणकालका बेला नराम्रो भए पनि त्यसलाई स्विकारेर अघि बढ्नुपर्ने बताएका थिए । नेतृत्वको आलोचना गरेर मात्रै केही नहुने भन्दै पार्टी एकता टुंगो लगाउँदै समृद्ध नेपाल निर्माण अभियानमा लाग्नुपर्ने बताए ।रिमालले अधिकांश समय स्थायी कमिटी सदस्यहरूले बैठकमा नेतृत्वको आलोचना गरेको विषयमा बोलेका थिए । रिमालले राजनीतिक प्रतिवेदनमा कम समय र विरोधमा बढी समय बोलेको नेकपा स्रोतले जनाएको छ । राजधानीबाट

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation