माधब बेलबासे,कपिलवस्तु।
कपिलबस्तुको कृष्णनगर स्थित एक घरमा लुकाई छिपाई राखिएको सात किलो भन्दा बढी चरेस प्रहरीले फेला पारेको छ।जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउका स्थानिय रफिक खा को घरमा लुकाएर राखेको ७ किलो ५ सय ग्राम चरेस प्रहरीले बरामद गरेको हो।
ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेलको कमान्डमा खटिएको टोलीले सो चरेस बरामद गरेको हो ।
Advertisement

परालले छोपेर राखिएको चरेस प्रहरीद्धारा बरामद
खाँ को घरमा खान तलासी गर्दा घरको कुनामा परालले छोपेर राखेको अबस्थामा चरेस फेला पारिएको प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए ।
घरका सदस्यहरु फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।