• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

‘चिठ्ठा परेको छ’ भन्दै पैसा माग्ने गिरोह बुटवलमा समातियो


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • बुटवल– सामाजिक सञ्जालमा ‘तपाईलाई चिठ्ठा परेको छ’ भन्दै पैसा माग्ने गिरोह बुटवलमा पक्राउ परेका छन। अरुलाई जालमा पारेर चिठ्ठावापत सरकारलाई कर तिर्नुपर्ने भन्दै रकम असुल्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो।

    Advertisement

    उनीहरुको साथबाट नक्कली नागरिकतासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    बुटवलका एक जनालाई २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको छ भन्दै त्यसको आयकरवापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर नगरपालिका–१, बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए।

    उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा सिद्धार्थनगर–१ बस्ने २१ वर्षका अब्दुल पठान, रोहिणी गाउँपालिका–१ बस्ने २० बर्षका सम्मुदिन जोलाहा र भारत महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षका ‘मुन्ना’ भनिने मोहम्मदन हसन रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

    उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

    अन्य ६ पक्राउ

    त्यस्तै, प्रहरीले लागूऔषधसहित देवदह नगरपालिका–७ निवासी ३० वर्षका सुनिल गुरुङ र २७ वर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ। लु४प ७७७३ नम्बरको मोटरसाइकल खान तलासी गर्दा ४ सय ४० मिलिग्राम ब्राउन सुगर भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

    उता, देवदहमा जबर्जस्ती करणी उद्योगमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। देवदह–५ मा पुस १ गते बाटोमा हिँडिरहेकी महिलालाई यौन दुव्र्यवहार गर्दै जबरजस्ती करणी गर्न खोज्ने देवदह–५ का ५३ वर्षका रामबहादुर बिक पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए।

    त्यसैगरी बुटवल–६ मा महिलामाथि जबर्जस्ती गर्न खोज्ने २५ वर्षका कमलसिंह सिन्जालीमगर पनि पक्राउ परेका छन्। प्रहरीले सिद्धार्थनगरबाट तनहुँ–१३ बस्ने सहिदा खानलाई पनि पक्राउ गरेको छ। खानले लागुऔषधको कारोबार गर्ने गरेको पनि भेटिएको छ। भने चोरीको मोटरसाइकलमा संलग्न बुटवल–१० का प्रकाश फुलेल पनि पक्राउ परेका छन्। उनले मिलनचोकमा र्पाकिङ गरिएको लु३२प १८८१ को मोटरसाइकल चोरेका थिए।

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation