नेपालगञ्ज। बाँकेकाे बैजनाथ ५ मा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । सोमबार लु ४४ प ९७९९ नम्बरको मोटर साइकल बा १ प ४४९५ बसमा ठोक्कीएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
मृत्यु हुनेमा सुर्खेत लेकबेशीका विक्रम गहतराज र गुरुकोट गाउँपालिका १२ का मदन सुनार रहेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।