• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

जाजरकोटमा ७४ प्रतिशत बालविवाह


  •   शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
  • जाजरकोट । सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ।

    Advertisement

    धादिङका १८ वर्षीय दुर्गा तामाङ पुल बनाउन जाजरकोट आएका थिए। सविताले उनैसँग भागीविवाह गरेकी छन्। गाउँलेले भनेपछि मात्रै उनका बुबा अक्कलबहादुर खत्रीले छोरीले बिहे गरेको थाहा पाए। ‘दिनहुँ पढ्न जान्थी। हामीलाई थाहा नदिई यति सानै उमेरमा पोइल जाली भन्ने सोचेका थिएनौँ,’ उनले भने। उमेर नपुगेकी छोरीले बिहे गरेपछि दुःख पाउलिन् भन्ने चिन्ता उनलाई थपिएको छ।

    सविता मात्रै होइन, विवाहबारे थाहै नभएका थुप्रै केटाकेटीले जोडी बाँध्ने गरेका छन्। सविताकै स्कुलको कक्षा ८ मा पढ्ने १३ वर्षीया लक्ष्मी घर्ती र विमला कुँवर तथा १४ वर्षकी कल्पना विकले पनि विवाह गरेका छन्। दुई साताभित्र चार छात्राले भागीविवाह गरेपछि शिक्षक र विद्यार्थी चकित छन्। घरको आर्थिक अवस्था नाजुक र पढाइमा पनि कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको शिक्षक रेखा शाहले बताइन्।‘सानैमा बिहे नगर्नू भनेर सम्झाउँछौँ। तर बालविवाह रोकिएको छैन,’ उनी भन्छिन्। अधिकांश छात्राछात्राको स्कुल पढ्दापढ्दै विवाह हुने गरेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

    बालबालिकाको स्थिति प्रतिवेदनअनुसार जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै लगनगाँठो कस्ने गरेका छन्। जम्मा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय ६२ छ। एक सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेका थिए। १० देखि १४ वर्षसम्मका पाँच हजार ६ सय ६८ जना छन्। त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको प्रतिवेदनमा उल्लेख छ। बालविवाह गर्नेमा बालकभन्दा बढी बालिका छन्। ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालकले उमेर नपुगी घरजम बसाएका छन्। अन्नपूर्णपोष्टबाट

    शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation