कामना डेली,प्युठान
रोजगारीको शिलसिलामा खांडी मुलुक पुगेका प्युठानका एक २२ बर्षिया युवकको सडक दुर्घट्नामा परि ज्यान गएको छ।शुक्रवार साझ बाटो काट्ने क्रममा कारले ठक्कर दिदा जिल्लाको सरुमारानी गाउपालिका वडा नम्बर ३ कास्कोट बस्ने बिस्मिल्लाह मियांका छोरा प्यार मोहम्मदको ज्यान गएको पारिवारिक श्रोतले बताएको छ। १८ महिना अघि साउदी पुगेका उनी आगामी माघ महिनामा बिदामा घर आउने तयारी गरेका थिए। धन कमाउन सात समुन्द्र पारी पुगेको छोराको दुर्घट्नामा परी मृत्यु भएपछी उनको परिवार शोकमा डुवेको छ। प्यारको शब जति सक्दो चाडो स्वदेश ल्याईदिन उनको परिवारले सरकार समक्ष माग गरेको छ।
Advertisement