शिवु खनाल
दाङ, ९ मंसिर
रुकुम बाट बिरामि लिएर कोहलपुर तर्फ जान्दै गरेको एम्बुलेन्स अमिलिया नजिकै दुर्घटनामा परेको छ । आईतवार विहान रुकुम बाट बिरामि लिएर कोहलपुर तर्फ जान्दै गरेको ऐम्बुलेन्स लमही नगरपालिका वडा नम्बर ९ अमेलिया स्थित राती दुई बजे रा१च ७८१ नम्बरको एम्बुलेन्श दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय अमेलियाले जानकारी दिएको छ ।
तुल्सिपुर अमेलिया सडकखण्ड अन्र्तरगत अमेलिया चोक देखि करिब तिन किलोमिटर अगाडि उक्त एम्बुलेन्श दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्शमा (दमको विरामी ) रुकुम मकमा निवासी ७३ वर्षीय भिमु जैसी, एक जना विरामीको आफन्त र एम्बुलेन्श चालक सवार रहेका थिए ।
(दमको विरामी ) रुकुम मकमा निवासी ७३ वर्षीय भिमु जैसीको नाकमा सामान्य चोट लागेको र अन्यलाई सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । लमही नगरपालिका स्वास्थ्य चौकी सतवरीयाको रा१ ज १२३ नम्बरको एम्बुलेन्शमा बिरामीहरुलाई कोहलपुर पठाएको प्रहरी बताएको छ ।।
दाङमा बिरामी बोकेको एम्बुलेन्श दुर्घटना
दाङमा बिरामी बोकेको एम्बुलेन्श दुर्घटना

Advertisement
तपाईको प्रतिक्रिया