प्युठान , १८ कार्तिक । प्यूठान जिल्लामा सञ्चालन हुने र त्यहाँ बाट बाहिरिने सार्वजनिक सवारी सधानले जेष्ठ नागरिकहरुलाई गाडी भाँडामामा आधा छुट हुने भएको छ । प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको पहलमा सुरक्षा निकाय, यातायात व्यवसायी र जेष्ठ नागरिकको प्रतिनिधित्वमा बसेको वैठकले कार्तिक १५ गते बाट यातायात भाडामा ५० प्रतिशत छुट दिने भएको हो । जेष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा व्यवस्था भएको तर, हाल सम्म कार्यान्वयनमा आउन नसकेको सार्वजनिक यातायातामा जेष्ठ नागरिकलाई छुट दिने व्यवस्था कार्यान्वयनमा लगिएको प्रजिअ गैरले बताउनु भयो । सार्वजनिक सवारी साधनमा २ वटा सिट जेष्ठ नागरिकको लागि सुरक्षीत गर्ने र सो सिटमा यात्रा गर्ने जेष्ठ नागरिकलाई प्राप्त प्रमाणको आधारमा गाडि भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयनमा लगिएको हो ।
प्युठानमा जेष्ठ नागरिकलाई गाडि भाडामा आधा छुट
प्युठानमा जेष्ठ नागरिकलाई गाडि भाडामा आधा छुट
Advertisement
तपाईको प्रतिक्रिया