मञ्जु थापा मगर भइन् मिस इन्डिया वल्ड [तस्बिरसहित]

काठमाडौं, ८ कात्तिक । भारतमा हुने विभिन्न प्रतियोगिता र रियालिटी शोहरुमा नेपालीहरुले उपाधि हात पार्दै आएका छन् ।

अहिले एउटा सुन्दरी प्रतियोगितामा नेपाली मुलकी भारतीय चेलीले उपाधि पाएकी छन् ।

हिजो अर्थात २४ अक्टुबारमा भारतको जयपुरमा सम्पन्न प्रतियोगितामा सिलिगुडी खोलाचन्द फाप्रीनिवासी मञ्जु थापा मगरले ‘मिस इन्डिया वल्ड २००१८’ को उपाधि पाएकी छन् ।

हुन त उनी भारतीय नै हुन् तर नेपाली मुलकी भएकोले अहिले उनको चर्चा चलिरहेको छ । यसअघि उनले ‘मिस ग्लोरी अफ नर्थइस्ट २०१८’ र ‘मिस टिन रिपब्लिक अफ इन्डिया २०१८’ को उपाधि समेत पाइसकेकी छन् । उक्त प्रतियाेगिता वल्ड प्लानेटले अायाेजना गरेकाे हाे ।

तस्बिरहरू थापाकाे इन्स्टाग्रामबाट लिइएकाे हाे ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...