काठमाडौं — वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सेवा सुरु गरिएको हो।
मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार नारायणी अस्पतालमा सेवा सुरु गरिएको हो।
फार्मेसी सञ्चालनसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै प्राप्त गर्न सक्ने मन्त्रालयको भनाइ छ। यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच बढ्ने अपेक्षा गरिएको छ।
यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडानको काम पनि सुरु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शासकीय सुधार कार्यसूचीअनुसार देशभरका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गरिनेछ।
नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
Advertisement
तपाईको प्रतिक्रिया