प्यूठान — प्यूठान जिल्ला लाई पुनः पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन योगदान पुर्याएका जिल्लाका ९ स्थानीय तहका ९ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको छ।
Advertisement
जिल्लालाई पहिलो पटक २०७२ पुस १५ गते पूर्णखोप जिल्ला घोषणा गरिएको थियो। त्यसयता नियमित रूपमा दिगोपना सुनिश्चितता गर्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
चालु वर्षमा जिल्लाका १५ महिनासम्म उमेरका ४ हजार ४ सय ३०, १६ देखि २३ महिनासम्मका ४ हजार ३ सय ४० र २४ देखि ५९ महिनासम्मका २१ हजार २ सय ८ बालबालिकालाई पूर्ण खोप दिइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।