• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने


  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
  • दाङ। रवि लामिछाने ले आगामी निर्वाचनमा जनताले विश्वासका साथ मत दिए पाँच वर्ष निरन्तर जनताको सेवा र देश विकासमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्। शुक्रबार दाङको लमहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनको अपेक्षा राख्ने मतदाताले यसपटक सचेत निर्णय लिनुपर्ने बताएका हुन्।
    राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले विगतका राजनीतिक अभ्यासले जनअपेक्षा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै नयाँ सोच, नयाँ कार्यशैली र इमानदार नेतृत्वको खाँचो औंल्याए। “देश बदल्ने जिम्मेवारी जनताकै हातमा छ। तपाईंहरूले भोटमार्फत माया दिनुभयो भने हामी पाँच वर्ष जनताको हितमा निरन्तर काम गर्नेछौं,” उनले भने।
    उनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न अपिल गरे। सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा स्थानीय विकासलाई तीव्रता दिने योजना आफ्नो दलको रहेको उनले बताए।
    सभामा नागरिकको सहभागिताले परिवर्तनप्रतिको चाहना झल्किएको उनको भनाइ थियो। युवाशक्तिलाई देशको प्रमुख शक्ति भन्दै उनले राजनीति प्रति निराश नहुन र सक्रिय सहभागिता जनाउन आग्रह गरे। “आलोचना मात्रै होइन, समाधान पनि दिनुपर्छ,” उनले भने।
    लामिछानेले राजनीतिक संस्कार रूपान्तरणको आवश्यकता औंल्याउँदै जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्ने अभ्यास विकास गर्नुपर्ने बताए। जनविश्वास जित्न सेवा भाव, इमानदारी र निरन्तर मेहनत आवश्यक हुने उनको भनाइ थियो।
    लमहीमा आयोजित सभामा स्थानीय बासिन्दा, युवा, महिला तथा पार्टीका कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Advertisement

    शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो
    लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation