• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • गुल्मी । स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु तथा दूध बिक्री गर्ने उद्देश्यले तम्घास बजारमा मासु पसल र दुग्ध डेरीमा संयुक्त अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको सक्रियतामा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
    अनुगमनका क्रममा बजारमा सञ्चालनमा रहेका केही मासु पसलहरू दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ । त्यस्तै, केही मासु पसलहरूमा मासु काट्ने स्थान र बिक्री गर्ने ठाउँ अत्यन्तै अव्यवस्थित रहेको, सरसफाइमा कमी देखिएको तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
    फोहोर तथा अस्वच्छ वातावरणमा मासु बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने र विभिन्न रोगव्याधि फैलिने जोखिम उच्च हुने भएकाले तत्काल सुधार आवश्यक रहेको टोलीको निष्कर्ष छ । त्यसैगरी, बजारमा रहेका दुग्ध डेरीहरूको अनुगमन गर्दा मूल्यसूची नराखी दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरिएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
    मूल्यसूची नराख्दा उपभोक्तालाई भ्रम पर्ने, मनपरी मूल्य असुली हुने सम्भावना रहने भन्दै अनुगमनकर्ताहरूले तत्काल मूल्यसूची राख्न निर्देशन दिएका छन् । साथै, दूध संकलन, भण्डारण र बिक्री प्रक्रियामा सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव समेत दिइएको छ ।
    अनुगमन टोलीले व्यवसायीहरूलाई तत्काल सुधार गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा जानकारी गराउँदै दीर्घकालीन रूपमा स्वच्छता, दर्ता प्रक्रिया, संरचना सुधार तथा कानुनी मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ । अर्को पटक हुने अनुगमनमा समेत सुधार नगरेमा सम्बन्धित पसलहरू बन्द गर्ने सम्मका कडा कदम चालिने पाण्डेले बताए ।
    यस पटकको अनुगमनमा तम्घास बजारभित्र रहेका १६ वटा मासु पसल र ५ वटा दुग्ध डेरी समेटिएका थिए । सम्बन्धित निकायहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमनलाई नियमित र निरन्तर रूपमा अगाडि बढाइने बताएका छन् ।
    स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न व्यवसायी, सरोकारवाला निकाय र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अनुगमन टोलीले सबै पक्षको जिम्मेवार भूमिकाले मात्र स्वस्थ समाज निर्माण गर्न सकिने कार्यालयले जनाएको छ ।

    Advertisement

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation