काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई चरिनाङ्गो बनाएको बताउनुभएको छ।
बुधबार एमालेको एघारौ महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा उहाँले ओलीले पार्टीलाई चरीनाङ्गो बनाएको बतउनुभयो ।
केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताउनुभयो । उहाँले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताउनुभयो । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी गर्नुभयो ।
उहाँले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद हुन मिल्ने पर्टीमा विद्या भण्डारीको सदस्यता रोकेर गल्ती गरिएको बताउनुभयो । अब एमालेको नेतृत्व फेर्नुको विकल्प नरहेको भन्दै महाधिवेशनका प्रतिनिधिले विवेकपूर्ण निर्णय लिनुपर्ने बताउनभयो ।