प्युठान। प्युठानको सरुमारानी गाउँपालिका–६ पाङकोटमा एक पुरुषलाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ। मङ्सिर १६ गते बिहान करिब ५ बजे जंगलतर्फ जाँदै गरेका ४२ वर्षीय मानबहादुर बुढालाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय भिङ्ग्री र प्रहरी चौकी बडडाँडाबाट खटिएको संयुक्त टोलीले बुढाको झोलाबाट भरुवा बन्दुकजस्ता दुई थान, भरुवा पेस्तोलजस्ता तीन थान, करिब ८० ग्राम बारुदजस्तो पदार्थ, ३५ वटा फलामका छर्रा, र प्लास्टिकका सिसी बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
पक्राउ परेका बुढालाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा आज जिल्ला अदालत प्युठानबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।
Advertisement