गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालयले बडादशैँ, दीपावली, छठलगायत प्रमुख चाडपर्वको अवसरमा समस्त जिल्लावासीप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै चाडपर्व शान्ति र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिने सम्बन्धमा निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा मूल्यवृद्धि, कालोबजारी, म्याद नाघेका वस्तु बिक्रीजस्ता उपभोक्ता हितविपरीतका काम नगर्न आग्रह गरिएको छ ।
धार्मिक–जातीय–सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि किसिमका गतिविधि नगर्न सुझाइएको छ । साथै अनलाइन तथा विद्युतीय माध्यमबाट भइरहेको ठगी, अवैध चिठ्ठा–जुवा र अन्य गैरकानूनी कारोबारमा समेत सतर्क रहने आग्रह गरिएको छ ।
प्रशासनले सवारीमा अधिक यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको भाडादरभन्दा बढी भाडा नगर्न र ट्राफिक नियमको पुर्ण पालनाको अपिल गरेको छ । यात्रु वा सर्वसाधारणले सहयोग वा गुनासो भएमा फोन नं. १०० वा ९८५७०६७११० मा जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रशासनले सार्वजनिक स्थलमा भीडभाड, होहल्ला तथा हुलदंगा नगरी सभ्यतापूर्वक पर्व मनाउन आग्रह गर्दै देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम भने रातको अधिकतम ९ः०० बजेभित्र समाप्त गर्ने व्यवस्था गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिएको छ । सराय नाच सम्बन्धी कार्यक्रम मन्दिर व्यवस्थापन समितिबाट आवश्यक शान्ति–सुरक्षा सुनिश्चित गरिएपछि मात्र संचालन गर्न भनिएको छ ।
मनसुन वा अन्य कारणले बग्ने÷भत्किने सडकखण्ड मर्मत गरी यात्रासहितको सुरक्षा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । जिल्ला प्रशासनले आतिशबाजी, पटाका, भुइँचम्पा, बम वा कुनै पनि विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ ।
साथै अपिल विपरित कसैले कुनै अनियमितता गरेको भेटिएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कार्यालयमा, वा उल्लेखित नंम्बरमा तुरुन्तै सुचित गर्न अपील गरिएको छ । उल्लङ्घन पाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासनको यो अपिलले समुदायमा शान्ति, पारस्परिक सद्भाव र सुरक्षालाई प्राथमिकतामा राख्दै पर्वहरू सु–सम्झदारी र मर्यादासाथ मनाउने वातावरण सिर्जना गर्ने आशा व्यक्त गरिएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
मर्यादित रुपमा पर्व मनाउन गुल्मी प्रशासनको आग्रह
मर्यादित रुपमा पर्व मनाउन गुल्मी प्रशासनको आग्रह

Advertisement
तपाईको प्रतिक्रिया