अर्घाखाँची। सन्धिखर्क नगरपालिका–१२ का नेपाली कांग्रेसका निर्वाचित वार्ड अध्यक्ष नारायण खड्काले कार्यालयभित्र रहेका प्रिन्टर र कर्मचारी हाजिरीका लागि प्रयोग हुने इलेक्ट्रोनिक मेसिन तोडफोड गरेको आरोप लागेको छ।
घटनाको विवरण अनुसार, कार्यालय समयमा कार्यालय सहयोगीहरू मात्र उपस्थित रहेको बेला अध्यक्ष मादक पदार्थ सेवनको अवस्थामा रहेर तोडफोड गरेको बताइएको छ। यो घटना भदौ २९ गते भएको भए पनि आज मात्र नगरपालिकालाई जानकारी पुगेको एक कर्मचारीले जानकारी दिए।
अचानक गरिएको तोडफोडका कारण कार्यालयका आवश्यक सामग्री नष्ट भएको र कर्मचारीहरू कार्य वातावरणप्रति असन्तुष्ट रहेको जनाइएको छ। स्थानीयवासीहरूले जनप्रतिनिधिबाट यस्ता गैरजिम्मेवार व्यवहार हुनु दु:खद भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सन्धिखर्क नगरपालिकाले घटनाबारे आवश्यक छानबिन गरी यथार्थ सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड
वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

Advertisement
तपाईको प्रतिक्रिया