काठमाडौं। बारा, पचरौता–१ पिपरपाती बस्ने ६५ वर्षीय बासुदेव माझी आफ्नो खेतमा मृत अवस्थामा फेला परेका छन्।
दाङ, घोराही–५ हरियाली टोल बस्ने ५१ वर्षीय पदम बहादुर घर्ती कुलोमा मृत भेटिएका छन्। त्यस्तै, गढवा–३ गोबरडिहा बस्ने ५५ वर्षीया छुत्री चौधरी खेतमै मृत फेला परेकी छन्।
नवलपरासी पूर्व, त्रिवेणी–७ स्थित नेपाल–भारत सिमाना नजिकैको ब्यारेजपुलको २५ नम्बर ढोकामा हाल नाम थर नखुलेका अनुमानित २० वर्षीय पुरुष मृत फेला परेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Advertisement