प्युठान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी सचिवालय बैठकले ९ आकांक्षीमध्ये प्राइमेरी इलेक्सनमार्फत थापालाई चयन गरेको हो। आकांक्षीहरूको सूचीमा सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री पनि थिए।
रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत प्राइमेरी इलेक्सन गरेको थियो। सो इलेक्सनमा सबैभन्दा बढी मत पाउने थापा उम्मेदवार बनेका हुन्।
थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन्। हाल नेसनल न्युरो सेन्टर, महाराजगञ्जमा न्युरोलोजी विभाग प्रमुख रहेका उनले नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षका रूपमा पनि नेतृत्व गरेका छन्।
२०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार जितबहादुर गुप्ताले ५हजार ७ सय ९६ मत ल्याएका थिए । करिब १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो ।
त्यसबेला राप्रपाका दिपक बोहरा निर्वाचित भएका थिए। बोहराको
निधनपछि आगामी कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो।
रुपन्देही-३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
रुपन्देही-३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Advertisement
तपाईको प्रतिक्रिया