काठमाडौँ। गणतन्त्र स्थापनाका लागि भएको सशस्त्र संघर्षलाई कथावस्तु बनाएर नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण हुने भएको छ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्रको पोस्टर सार्वजनिक गरे। पोस्टर सार्वजनिक गर्दै प्रचण्डले फिल्मले गणतन्त्र स्थापनाका लागि गरिएको संघर्ष तथा त्यसपछिको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनबारे नयाँ पुस्तालाई सन्देश दिन सहयोगी हुने विश्वास व्यक्त गरे। ‘हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक छ,’ उनले भने।
*रुद्राक्ष फिल्म्स प्रा.लि.*को ब्यानरमा निर्माण हुन लागेको चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। निर्माण पक्षका अनुसार भदौको दोस्रो साताबाट छायांकन सुरु गरिनेछ।
निर्माता रुद्रप्रसाद खनालका अनुसार चलचित्र २०७९ फागुन १ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
निर्देशक तिमिल्सिनाका अनुसार फिल्ममा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरू समेटिनेछन्। ‘सत्य घटनामा आधारित यो चलचित्र राजनीतिक इतिहास बुझ्न खोज्ने नयाँ पुस्ताका लागि उपयोगी हुनेछ’, उनले भने।
फिल्मको छायांकन रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, धनकुटा, खोटाङ, भोजपुर र सर्लाहीमा गरिने निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक
चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक

Advertisement
तपाईको प्रतिक्रिया