• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • प्युठान —प्युठान नगरपालिकाले बेलुवा–बाग्दुला सडक बिस्तारलाई हालको आर्थिक वर्ष २०८२/०८३ का लागि मुख्य विकास लक्ष्य बनाएको छ। नगरपालिकाले करिब ७ किलोमिटर दूरी रहेको यस सडकलाई हाल १५ मिटर चौडा बनाउने योजनासहित १० करोड रुपैयाँ बराबरको बजेट स्रोत सुनिश्चित गरिसकेको जानकारी दिएको छ।
    आज मंगलबार जुम्रीस्थित होटल आयुष्मामा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा, नगर प्रमुख विष्णु बहादुर योगीले योजनाबद्ध र जनउत्तरदायी ढंगबाट सडक बिस्तार गरिने बताउँदै भने, “सडक बिस्तार नगर विकासको मेरुदण्ड हो। यसका लागि नगरपालिकाले आवश्यक परे थप बजेट समेत विनियोजन गर्न तयार छ।”
    नगरप्रमुखका योगीका अनुसार, दीर्घकालीन रूपमा यस सडकलाई सहायक राजमार्ग मापदण्डअनुसार ‘राइट अफ वे’ ४१ मिटर सुनिश्चित गरिनेछ। यसका लागि केन्द्ररेखाबाट दायाँ–बायाँ १५/१५ मिटर र सटब्याक ६/६ मिटर कायम गर्ने प्रारूप तय गरिएको छ।
    तर,सडक विस्तारसँगै स्थानीयवासीमा चिन्ता र असन्तोष पनि बढ्दो छ। आजको अन्तर्क्रिया कार्यक्रममा धेरैजसो सहभागीहरुले धेरैको घरटहरा र जग्गा सडकमै पर्ने भएकाले उनीहरूले नगरपालिकाले क्षतिको आँकलन नगरेको, न त पुनर्वासबारे योजना ल्याएकोप्रति गुनासो गरेका छन्।
    “विकास चाहिन्छ, तर घरै भत्केर सुकुम्बासी बन्नु परेको अवस्था नगरले देखेको छैन।” नागरिक सरोकार समाज प्युठानका संयोजक सुमन सुवेदीले भने, ”सडक विस्तार हुँदा क्षतिको आंकलन नगरपालिकाले गर्न नसकेको देखियो।”
    नागरिकको सहयोग बिना सडक चौडा नहुने क्वाडी चितिखोलाका स्थानीय मुक्ति प्रसाद पोख्रेलले प्रतिक्रिया दिए। प्रभावित मोहीहरुसंग नगरपालिकाले छुट्टै छलफल गरेर सहमति गरेर मात्रै सडक विस्तारको योजना थालनी गर्नुपर्नेमा टिकुरीका स्थानीय शालिग्राम पण्डितले जोड दिए। सडकले ओगटेको क्षेत्रफल बाहेक नगरपालिकाले कर लिन बन्द गर्नुपर्ने सुझाव समेत पण्डितले राखे।
    घरधनीको सहमति बेगर डोजर लगाउन नपाइने जिल्ला विकास समिति प्युठानका पूर्व सभापति कर्णध्वज केसीले बताए। वैकल्पिक सडक तर्फ ध्यान दिन उनले सुझाए।
    एमाले प्युठान नगरपालिका कमिटीका अध्यक्ष गिरू प्रसाद भण्डारीले नगरपालिकाका मेयर र उपमेयरले नगरवासीलाई विश्वासमा लिएर काम गर्नुपर्ने सुझाव राखे। सडक विस्तार आजको आवश्यकता भएको जुम्रीका स्थानीय कृष्ण घिमिरेले प्रतिकृया दिए। सडक चौडा बनाउँदा सुकुम्बासी हुने मोहिलाई नगरपालिकाले हेर्नुपर्नेमा उनले जोड दिए। सडक चौडा नगरपालिकाको मात्रै चासोको विषय नरहेको बाग्दुलाका स्थानीय गेहेराज शर्मा पण्डितले बताए। सडक ऐन अन्तर्गतनै विकास हुनुपर्नेमा उनले जोड दिए।
    सडक चौडा बनाउँदा वातावरणीय प्रभावको मूल्यांकन जरुरी रहेको खैराका स्थानीय भोज बहादुर बस्नेतले सुझाव राखे।
    यद्यपि नगरपालिकाले भने प्राविधिक अध्ययन, स्थानीय सहमति र समन्वयमै कार्य अघि बढाइने अठोट दोहोर्‍याएको छ। नगरप्रमुख योगीले जनताको भावना र हक अधिकारको कदर गर्दै दिगो विकासमा केन्द्रित हुने बताए।

    Advertisement

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...