• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • प्युठान —प्युठान नगरपालिकाले बेलुवा–बाग्दुला सडक बिस्तारलाई हालको आर्थिक वर्ष २०८२/०८३ का लागि मुख्य विकास लक्ष्य बनाएको छ। नगरपालिकाले करिब ७ किलोमिटर दूरी रहेको यस सडकलाई हाल १५ मिटर चौडा बनाउने योजनासहित १० करोड रुपैयाँ बराबरको बजेट स्रोत सुनिश्चित गरिसकेको जानकारी दिएको छ।
    आज मंगलबार जुम्रीस्थित होटल आयुष्मामा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा, नगर प्रमुख विष्णु बहादुर योगीले योजनाबद्ध र जनउत्तरदायी ढंगबाट सडक बिस्तार गरिने बताउँदै भने, “सडक बिस्तार नगर विकासको मेरुदण्ड हो। यसका लागि नगरपालिकाले आवश्यक परे थप बजेट समेत विनियोजन गर्न तयार छ।”
    नगरप्रमुखका योगीका अनुसार, दीर्घकालीन रूपमा यस सडकलाई सहायक राजमार्ग मापदण्डअनुसार ‘राइट अफ वे’ ४१ मिटर सुनिश्चित गरिनेछ। यसका लागि केन्द्ररेखाबाट दायाँ–बायाँ १५/१५ मिटर र सटब्याक ६/६ मिटर कायम गर्ने प्रारूप तय गरिएको छ।
    तर,सडक विस्तारसँगै स्थानीयवासीमा चिन्ता र असन्तोष पनि बढ्दो छ। आजको अन्तर्क्रिया कार्यक्रममा धेरैजसो सहभागीहरुले धेरैको घरटहरा र जग्गा सडकमै पर्ने भएकाले उनीहरूले नगरपालिकाले क्षतिको आँकलन नगरेको, न त पुनर्वासबारे योजना ल्याएकोप्रति गुनासो गरेका छन्।
    “विकास चाहिन्छ, तर घरै भत्केर सुकुम्बासी बन्नु परेको अवस्था नगरले देखेको छैन।” नागरिक सरोकार समाज प्युठानका संयोजक सुमन सुवेदीले भने, ”सडक विस्तार हुँदा क्षतिको आंकलन नगरपालिकाले गर्न नसकेको देखियो।”
    नागरिकको सहयोग बिना सडक चौडा नहुने क्वाडी चितिखोलाका स्थानीय मुक्ति प्रसाद पोख्रेलले प्रतिक्रिया दिए। प्रभावित मोहीहरुसंग नगरपालिकाले छुट्टै छलफल गरेर सहमति गरेर मात्रै सडक विस्तारको योजना थालनी गर्नुपर्नेमा टिकुरीका स्थानीय शालिग्राम पण्डितले जोड दिए। सडकले ओगटेको क्षेत्रफल बाहेक नगरपालिकाले कर लिन बन्द गर्नुपर्ने सुझाव समेत पण्डितले राखे।
    घरधनीको सहमति बेगर डोजर लगाउन नपाइने जिल्ला विकास समिति प्युठानका पूर्व सभापति कर्णध्वज केसीले बताए। वैकल्पिक सडक तर्फ ध्यान दिन उनले सुझाए।
    एमाले प्युठान नगरपालिका कमिटीका अध्यक्ष गिरू प्रसाद भण्डारीले नगरपालिकाका मेयर र उपमेयरले नगरवासीलाई विश्वासमा लिएर काम गर्नुपर्ने सुझाव राखे। सडक विस्तार आजको आवश्यकता भएको जुम्रीका स्थानीय कृष्ण घिमिरेले प्रतिकृया दिए। सडक चौडा बनाउँदा सुकुम्बासी हुने मोहिलाई नगरपालिकाले हेर्नुपर्नेमा उनले जोड दिए। सडक चौडा नगरपालिकाको मात्रै चासोको विषय नरहेको बाग्दुलाका स्थानीय गेहेराज शर्मा पण्डितले बताए। सडक ऐन अन्तर्गतनै विकास हुनुपर्नेमा उनले जोड दिए।
    सडक चौडा बनाउँदा वातावरणीय प्रभावको मूल्यांकन जरुरी रहेको खैराका स्थानीय भोज बहादुर बस्नेतले सुझाव राखे।
    यद्यपि नगरपालिकाले भने प्राविधिक अध्ययन, स्थानीय सहमति र समन्वयमै कार्य अघि बढाइने अठोट दोहोर्‍याएको छ। नगरप्रमुख योगीले जनताको भावना र हक अधिकारको कदर गर्दै दिगो विकासमा केन्द्रित हुने बताए।

    Advertisement

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...