बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा आधुनिक प्रविधियुक्त उपकरण जडान गरी एकैपटक १ हजार युनिट रगत संकलन र भण्डारण गर्न सक्ने रक्त सञ्चार केन्द्र स्थापना भएको छ।
रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्वअनुसार एक करोड ५८ लाख २० हजार रुपैयाँ लगानी गरी यो परियोजना अघि बढाएको छ।
शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रक्त सञ्चार केन्द्रको औपचारिक उद्घाटन गरे।
यो केन्द्रले लुम्बिनी प्रदेशमा रक्त अभाव न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा समयमै रगत उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
Advertisement