गुल्मी। गुल्मी जिल्लामा आधुनिक प्रविधियुक्त र समग्र स्वास्थ्य सुधारमा केन्द्रित सेवा प्रदान गर्ने उद्देश्यले ‘नव जीवन फिजियोथेरापी सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गुल्मी जिल्लाको तम्घासमा स्थापना भएको केन्द्रको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् ।
उद्घाटन समारोहमा स्वास्थ्यकर्मी, समाजसेवी, राजनीतिकर्मी र स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नव जीवन फिजियोथेरापी सेन्टरले रोगको उपचार मात्र नभएर, रोग पूर्वनिवारणमा जोड दिने अमृत रसाइलीले बताए ।
उनका अनुसार मांसपेशी, हड्डी, नशा सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित सेवा, आधुनिक उपकरणको प्रयोग विना औषधि उपचार पद्धति, शरीरको प्राकृतिक उपचार प्रणालीलाई सक्रिय गराउने विधि अपनाइने बताए ।
Advertisement