प्युठान। सरुमारानी गाउँपालिका बुधवार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषित भएको छ।
पालिकाभित्रका १६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले नियमित खोप प्राप्त गरेकाे आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीका अनुसार आवश्यक मापदण्ड र सूचक पूरा भएपछि सरुमारानीले उक्त मान्यता पाएको हो।
समारोहमा संविधानसभा सदस्य धनबहादुर रायमाझीले पालिका अध्यक्ष झगबहादुर विश्वकर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको समन्वयमा सबै वडामा नियमित खोप केन्द्र सञ्चालन हुँदै आएको छ। खोपको माध्यमबाट शिशु, बालबालिका र मातृ मृत्युदर घटाउन टेवा पुगेको सरोकारवालाको भनाइ छ।
Advertisement