प्युठान। दाङको माण्डवी गाउँपालिका–३ देबिस्थानमा बुधबार सम्पन्न निःशुल्क आँखा शिविरमा ५० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–लमही आँखा अस्पतालको आयोजना, माण्डवी गाउँपालिकाको व्यवस्थापन र Nabp Atlas Alliance Norway को आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा २२५ जनाको आँखा परीक्षण गरिएको थियो। डा./प्रा. प्रदीप बास्तोलाको नेतृत्वमा १५ सदस्यीय स्वास्थ्यकर्मी टोलीले सेवा दिएको थियो।
गाउँपालिका अध्यक्ष नमराज अधिकारीका अनुसार आर्थिक अभावले उपचारबाट वञ्चित स्थानीयले घरमै सेवा पाएपछि राहत महसुस गरेका छन्। वडा–३ अध्यक्ष धनेन्द्र कार्कीले आँखा स्वास्थ्यबारे चेतना र पहुँच अभावका कारण यस्तो शिविर आवश्यक रहेको बताए।
Advertisement