भालुबाङ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा बुधबार सम्पन्न क्षयरोग स्क्रिनिङ शिविरमा २ जनामा क्षयरोग पुष्टि भएको छ।
एआई डिजिटल एक्सरे प्रयोग गरिएको शिविरमा १३१ जनाको परीक्षण गरिएको थियो। तीमध्ये ४३ जनामा क्षयरोगको आशंका देखिएकाले थप परीक्षणका लागि लमही अस्पताल रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए।
शिविरमा डा. राजेन्द्र दशौला, एक्सरे टेक्निसियन राजेश राय, संयोजक प्रतिमा विष्ट, कमला न्यौपाने, प्रतिमा चौधरी, सुनिता केसी लगायतले सेवा दिएका थिए।
राप्ती गाउँपालिकाको आयोजनामा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय दाङको सहयोगमा सञ्चालन गरिएको शिविर आगामी जेठ १५ गते वडा–८ पिपरी र १६ गते वडा–६ पत्थरगढवामा सञ्चालन हुने संयोजक विष्टले बताइन्।
Advertisement