बुटवल — बुटवल उपमहानगरपालिका–११, मिलिजुली पथमा पूर्व श्रीमानले आमा र दुई सन्तानको विभत्स हत्या गरेका छन्।
स्थानीयका अनुसार सुजन कोइरालाले सम्बन्धविच्छेद भइसकेकी दिपा बस्याललाई आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजे धारिलो हतियारले हत्या गरेका हुन्। दिपाका साथमा रहेका करिब ९ र ५ वर्षका दुई बालबालिकाको पनि हत्या गरिएको छ।
हत्या चक्कु र हेम्बर प्रहार गरेर गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्त सुजन यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल परेका थिए। संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनी छुटेका थिए।
घटनाको अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।
Advertisement