• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ६. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ७. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ८. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ९. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • १०. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

डा. रोजी थपलिया: अवसरको मोह त्यागेर डोल्पामा सेवा, सरकारको प्रशंसा


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • डोल्पा। जहाँ सुविधा छैन, त्यहाँ सेवा छ। जहाँ विकल्पको भिड थियो, त्यहाँ जिम्मेवारीको गह्राइ रोजियो। यही हो—डा. रोजी थपलियाको यात्रा। काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा सुरक्षित भविष्य सजिलै सुनिश्चित गर्न सक्ने अवस्थामा हुँदा–हुँदै उनले देशकै दुर्गम जिल्ला डोल्पालाई कर्मभूमि बनाइन्।
    नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दाका दिनहरूमा डोल्पा, जाजरकोट, हुम्लालगायतका विकट जिल्लाबाट उपचार खोज्दै भौतारिएका अनुहारहरूले उनलाई झस्काइरहन्थे। सुविधाको खोजीमा भौगोलिक कठिनाइ चिर्दै आउने ती बिरामीहरूको पीडा देख्दा उनले मनमनै अठोट गरिन्—”मैले यिनैलाई उपचार गर्ने छु, शहर नभई गाउँमै बसेर।”
    कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा पास गरेर सुर्खेतजस्ता सहजर जिल्लामा जागिर सुरु गर्न सक्ने अवसर हुँदा पनि उनले त्यो विकल्प अस्वीकार गरिन्। आठ महिना अघि डोल्पा जिल्ला अस्पतालमा नियुक्त भएपछि डा. थपलिया त्यहीँ निरन्तर खटिएकी छिन्।
    अहिले उनले चेतनाको अभाव र स्वास्थ्य सेवाको पहुँच नपुग्दा ज्यान जोखिममा परेका नवजात शिशुहरूलाई समयमै उपचार गरेर जीवनदान दिइरहेकी छिन्। सरकारी छात्रवृत्तिमा एमडी डर्माटोलोजी अध्ययन गर्ने सपना त्यागेर गाउँको अस्पताल रोज्ने उनका निर्णय आज उदाहरणीय बनेको छ।
    उनको यही समर्पणप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले व्यक्तिगत रूपमा फोन गरेर धन्यवाद तथा बधाई दिएका छन्। मन्त्री पौडेल आफैँ डोल्पा पुगेर डा. थपलियासँग भेट गरी प्रशंसा गरेका छन्।
    “डोल्पाका जनतालाई सेवा दिनु मेरो जिम्मेवारी हो,” डा. थपलिया भन्छिन्, “तर विशेषज्ञ जनशक्ति र स्रोतसाधनको अभावले बिरामी गुमाउँदा मन पोल्छ।”

    Advertisement

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    राप्तीमा एण्टिबायोटिक प्रयोगबारे छलफल, सचेतना फैलाउन जोड
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    नौबहिनीमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण र सम्मान

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    • ६.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    भर्खरै

    • १.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ३.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ४.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ५.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ६.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ७.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ८.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation