नेपालगञ्ज — भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा औपचारिक रूपमा शुरू गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, अस्पतालमा पहिलोपटक दुई जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो।
शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय विशेषज्ञ टोली नेपालगञ्ज पुगेर प्रत्यारोपण प्रक्रिया सम्पन्न गरेको हो।
डा. सुवेदीले प्रत्यारोपण सेवा सुरु भएपछि मिर्गौला रोगीहरूलाई राजधानी वा विदेश जानुपर्ने बाध्यता हटेको बताए। हाल भेरी अस्पतालमा दैनिक २०–२५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा लिँदै आएका छन्।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपणलाई अस्पतालको ऐतिहासिक उपलब्धि भन्दै यसले उपचारको नयाँ आशा सिर्जना गरेको उल्लेख गरे।
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू

Advertisement
तपाईको प्रतिक्रिया