नवलपरासी। नेकपा (माओवादी केन्द्र) ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई नयाँ वर्षको पहिलो दिनदेखि पुनः सक्रिय बनाएको छ। गैँडाकोटमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद लखन थापाको सालिकमा माल्यार्पण गर्नुका साथै शहीद परिवार र स्थानीयसँग भेटघाट गर्नुभयो।
नगर समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार टोलीले बिहान झण्डै ५ किलोमिटर ‘मर्निङ वाक’ समेत गरेको थियो। देवचुलीको रजहर र कावासोती लगायतका स्थानमा पनि कार्यक्रम सम्पन्न भएका छन्। रजहरमा प्रचण्डले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो।
झापाबाट सुरु भएको अभियान चैत ८ मा चितवनमा स्थगित गरिएको थियो। अब अभियानलाई कञ्चनपुरसम्म पु¥याएर समापन गर्ने तयारी माओवादी केन्द्रले गरेको छ।
Advertisement