पाल्पा। पाल्पाको रामपुरमा स्कुटर दुर्घटनामा परि एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए। लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर रामपुरको ओइरीघाटस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटनामा पर्दा ठाडा गम्भीर घाइते भएका थिए।
उनी घाइते अवस्थामा उपचारका लागि रामपुर अस्पतालमा लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement