काठमाण्डौ । अर्घाखाँचीको पाणिनी तपोभूमीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न चैत्र २७ र २८ गते राष्ट्रिय पाणिनी तपोभूमी सम्मेलन आयोजना गरिने भएको छ।
संस्कृत व्याकरणका प्रवर्तक पाणिनि ऋषिको तपस्यास्थलका रूपमा चिनिने यस पवित्र भूमीको प्रचारप्रसार गर्न सम्मेलन आयोजना गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रम लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त पहलमा सम्पन्न हुने छ।
Advertisement