• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुभारम्भ


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • अर्घाखाँची । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे । सामाजिक विकास मन्त्रालयकाे आयाेजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ । पूर्व विद्यार्थिकाे तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा-आमाकाे स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँकाे टिकाराम- तारादेवी अक्षयकोष स्थापना गर्नु भएको छ । याे अक्षयकोषकाे ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ ।
    यस्तै मेराे विद्यालय मेराे दायित्व अभियानकाे काेषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानकाे सुभारम्भ गर्नु भएको हाे ।
    `सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर बढाउन जरुरी छ । याे अभियानमा पूर्व विद्यार्थीहरुकाे अतुलनीय र रचनात्मक याेगदानकाे खाँचो छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`सामुदायिय विद्यालयलाइ नमुना बनाउनकाे लागि याे अभियान काेशेढुंगा सावित हुने छ ।´ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीकाे मनाेबल उच्च बनाउन मेराे विद्यालय मेराे दायित्व अभियानले सहयाेग पुर्‍याउने बताउनु भयाे।`सामुदायिक विद्यालय धेरै व्यक्तित्व जन्माएकाे छ । धेरै छलफल गरेर पढेकाे विद्यालय प्रतिकाे दायित्व के हुने भनेर चालू आवकाे नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमित रुपमा अभियान चल्छ । प्रदेश सरकारले अभियान अगाडि बढाउने छ´उहाँले भन्नुभयाे-`स्वदेश तथा विदेशमा रहनु भएका पूर्व विद्यार्थिले शैक्षिक र भाैतिक सुधारकाे लागि आजकाे दिनले ढाेका खाेलेकाे छ । जिम्मेवारीकाे वाेध गराउन अभियान थालिएको हाे । पैसा नहुन सक्छ तर, सिप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।´याे विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभुत तहकाे शिक्षा आर्जन गर्नु भएको थियाे । प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानकाे सुभारम्भ गरिएको हाे । ७१ प्रतिशत बालबालिकाकाे राेजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भराेसा र विश्वास बढाउन आवश्यक रहेकाे भनाइ मुख्यमन्त्री आचार्यकाे छ । सार्वजनिक बिद्यालकाे शाख र गरिमालाई कायम गर्न सबै सराेकारवालाकाे सामुदायिक विद्यालय प्रतिकाे जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारकाे नीति कार्यक्रममा मेराे विद्यालय मेराे दायित्व सामाजिक अभियान समावेश थियाे । यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ । प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो। २०८० को एसईई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ।
    अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिनेछन् । विद्यालयलाई खेलकूद तथा अतिरिक्त क्रियाकलापका लागि सहयोग पु¥याइनेछ । सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थामा हुने चुनौतीहरू तथा लागूपदार्थ दुव्र्यसनजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विपत् व्यवस्थापनका पूर्वतयारी गतिविधि तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपबारे जानकारी प्रदान गरिनेछ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकने प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण काेइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, सामाजिक विकास मन्त्रालयका बरिस्ठ उपसचिव शारदा बस्याल, पुर्व प्रधानाध्यापक सालिकराम भुसाल, पूर्व विद्यार्थी कृष्णप्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका पूर्व उपप्रमुख ठाकुरप्रसाद विक लगायतले सामुदायिक विद्यालयकाे गुणस्तर अभिवृद्धिका लागि अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयाे ।

    Advertisement

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • २.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ३.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ४.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ५.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ७.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ८.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation