• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

बङ्गलादेशमा नेपालको ‘नौगेडी


  •   शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
  • लमजुङ – बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ ।

    Advertisement

    भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो ।

    आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नौगेडी’ मञ्चन हुनेछ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो । उहाँका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ ।

    भारतको कोलकातामा केही महीनाअघि आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बङ्गलादेशका टोलीको सिफारिशमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा थापाले बताउनुभयो ।

    महोत्सवमा नेपालसँगै भारत, बङ्गलादेश, भूटानलगायत विभिन्न देशका नाटक मञ्चन हुने आयोजकले जनाएको उहाँले बताउनुभयो । गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि, इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको थियो । पानीघट्ट नेपालका आधा दर्जनभन्दा बढी ठाउँमा मञ्चन भइसकेको उहाँले बताउनुभयो ।

    उक्त नाटक नेपालमा प्रदर्शनपछि कोलकता लगिएको थियो । कोलकाताबाट फर्किएपछि नेपालका शहरमा मञ्चन गरिएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।

    निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ पहिलो पटक बङ्गलादेशमा प्रदर्शन हुन लागेको छ । ‘नौगेडी’ नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक रहेको निर्देशक एवं लेखक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यसले विद्यमान छुवाछूत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको छ । नौगेडीमा जयराम तिमल्सिना, रीता थापा, आइपी आचार्य, सुशीलसिंह ठकुरी, पवित्रा खड्का, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, भीष्म जोशी, केदार बोहोरा लगायतले अभिनय गरेका छन् ।

    रासस

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध
    बद्री पंगेनीको तीज गीत ‘कोसेली पाल्पाली कान्छो’ सार्वजनिक (भिडियो सहित)

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...