प्युठान। प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)खोप लगाईने भएको छ।
राष्टिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरी समेतलाई लक्षित गरि माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो।
उहाका अनुसार जिल्लामा २ सय १५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो। खोप लगाउन जिल्लाभरमामा २ सय स्वास्थ्यकर्मी,४ सय महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिकासहित जम्मा ७ सय जनशक्ती परिचालित हुने स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार खोप कार्यक्रमका लागि जिल्लामा आवस्यक सबै तयारी पूरा भएको छ ।
एचपीभी खोप भनेको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यसले भविष्यमा हुने पाठेघर मुखको क्यान्सर न्यूनीकरण गर्छ।
प्युठानमा साढें१३ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईदै
प्युठानमा साढें१३ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईदै
Advertisement
तपाईको प्रतिक्रिया