• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी


  •   शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित हुनु भएको छ । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा.डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
    लामो समयदेखि कलेजका अध्यक्ष रहनु भएका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराउनु भयो । पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आउनु भएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्व देखेर साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
    अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै उहाँले भन्नुभयो,‘अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ । पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विस्वास प्रति आभार प्रकट गर्छु ।’
    नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्रा.डा. अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटि, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताउनु भयो । ‘तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्रा.डा. अन्सारीले कलेज स्थापनामा योगदान पुर्याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भन्नुभयो ।
    उहाँले नेपालको मेडिकल शिक्षालाई ध्वस्त बनाउन खासगरी निजी क्षेत्रबाट सञ्चालन भइरहेका मेडिकल कलेजहरु विगार्न ठूलै सड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध सशक्त ढंगले अगाडी बढ्नु पर्ने जिकीर गर्नुभयो । ‘अहिले नेपालमा सबै विद्यार्थीहरु विदेश जाउन् नेपालमा नपढुन् भनेर लागेका छन् । नेपाली मेडिकल कलेज बन्द हुन् भनेर राज्य संयन्त्रनै लागेका छन् त्यसलाई चिर्न हामी एकबद्ध भएर अगाडी बढ्नु पर्छ ।’ पछिल्लो समय चिकित्सा शिक्षा आयोगले पिजीहरुलाई दिने भत्ता सुविधा बढाउन दवाव दिएको तर, शुल्क बढाउन नदिएकाले सम्पूर्ण नीजि मेडिकल कलेजहरुले यस पटक पीजीको सिट संख्या नमागेको जिकीर गर्नुभयो । आयोगले पीजीलाई मासिक ५० हजार भत्ता दिनुपर्ने निर्णय गरेपनि २३ लाख मात्र शुल्क लिएर ३ वर्षसम्म पढाउन नसकिने भन्दै प्रा.डा. अन्सारीले एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेण्टल कलेज अफ नेपाल’ले भनेअनुसार शुल्क लिन पाउनु पर्ने बताउनु भयो ।
    यस्तै साधारण सभामा बोल्दै कलेज सञ्चालक सदस्य डा. भोला रिजालले संस्थापक अध्यक्ष डा. सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विस्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्रा.डा. अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन संहालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताउनु भयो ।
    अर्का सञ्चालक सदस्य तथा डाइरेक्टर डा. साविहा यासमिनले कलेज व्यवस्थापनको जिम्मेवारीमा आफुहरु रहेपछि संस्थालाई सही ढंगले सञ्चालन गर्न सम्पूर्ण शेयर सदस्य, डाक्टर, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेकोले आवश्यक सल्लाह सुझावहरु दिइरहनु अनुरोध गर्नुभयो । उहाँले कलेजको ३ वर्षयता सुधारका धेरै कामहरु भएको बताउँदै भन्नुभयो,‘हामीले ३ वर्षको अवधिमा व्यवस्थापकीय र स्वास्थ्य सेवामा सुधार गरेका छौं । फिलिप्सको क्याथ ल्याब सुरु गर्न गइरहेका छौं । सिटी र एमआरआई पनि सुरु गर्न गइरहेका छौं । डेण्टलको नयाँ भवन सुरु भइसकेको छ । नेपाल मेडिकल कलेजमा काम गर्दा मैले जुन साथ र सहयोग पाइरहेको छु भविष्यमा पनि पाउने आशा गरेको छु ।’
    कलेजका सञ्चालक समिति सदस्य शाहनवाज अन्सारीले नेपाल मेडिकल कलेजको विकास, विस्तार र व्यवस्थापनमा सबैको उत्तिको ठूलो भूमिका रहने बताउँदै ३ वर्षको दौरानमा पाएको साथ र सहयोग आगामी दिनमा पनि प्रदान गर्न गरे । आफुहरु सदैव सकारात्मक सोच बोकेर अगाडी बढ्ने बताउँदै उनले सञ्चालक सदस्यहरुसँग सम्पूर्ण कलेज परिवारबाट राम्रो साथ पाउने विस्वास व्यक्त गरे ।
    विसं २०५४ साल फागुन २५ गते स्थापना भएको एनएमसीमा मेडिकल शिक्षाका एमबीबीएस, बीडीएस, एमडीएमएस, एमडीएस, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ लगायतका विषयमा पढाई हुने गरेको छ ।
    साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ ।

    Advertisement

    शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation