प्युठान । प्युठानमा नेवार समुदायहरुको परम्परागत जात्रा निकालिएको छ। एक वर्षभित्र दिवंगत भएका व्यक्तिका परिवारले सोमबार जनैपूर्णिमाका दिन ‘ताराली’ (तायमचा) नाच
प्रदर्शन गरे भने आज दोस्रो दिन ‘छिनमिन’ जात्रा निकाल्ने तयारी छ ।
डोकोलाई सिंगारेर मानिसको आकार दिएर ताराली बनाउने गरिन्छ। उक्त डोकोभित्र मानिस पसेर बाजाको तालमा नाच्ने चलन छ । केटा मासिनको तारालीमा पुरुषको तारालीमा पुरुषको कपडा र महिलाको तारालीमा महिलाको कपडा प्रयोग गर्ने गरिन्छ। तारालीलाई परिवारले पूजा गरेपछि मात्र बजारमा परिक्रमा गराइन्छ ।
जिल्लामा नेवार समुदायले परम्परागत रुपमा ताराली निकाल्दै आएको पाइन्छ । जिल्लाको खलङ्गा, विजुवार लगायत ठाउँमा बसोबास गर्ने नेवार समुदायले बर्षेनी जात्रा निकाल्ने गर्दछन्।लाखे,नागानगेनी,,गाइजाग्रा, रोपाइजात्रा लगायतका जात्रा प्युठानका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको छ । ऐतिहासिक महत्व बोकेको जात्रा तथा नाचहरुमा पछिल्लो समय प्युठानका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।
दिवंगतको सम्झनामा ‘ताराली’
दिवंगतको सम्झनामा ‘ताराली’

Advertisement
तपाईको प्रतिक्रिया